काठमाडौं – अहिले धरैको मनमा चासो अमेरिकाको काँग्रेसमा डेमोक्र्याटले सफलता पाए पछि इरान माथिको आक्रमण रोकिने हो या होइन भन्ने छ । एकातर्फ डोनाल्ड ट्रम्पलाई युद्धमा लगानी बढाउन यसले नियन्त्रित गर्न सक्छ ।
तर, यसको मतलब यो होइन की उनले युद्धमा लगानी नै गर्दैनन् । अहिले अमेरिकाको सेनामा धेरै नै बजेट छ । रक्षा मन्त्रालयमा रहेको बजेट एक स्थानबाट अर्को स्थानमा सर्न सक्छ ।
ट्रम्पले आवस्यक पर्दा काङ्ग्रेसबाट बाहिर आएर भिटो प्रयोग गर्ने सम्भावना पनि प्रबल छ । काङ्ग्रेसले दुवै सदनको दुई तिहाइले राष्ट्रपतिलाई बर्खास्त गर्न सक्छ । डेमोक्र्याटसँग यो हैसियत र तागत छैन । इरानमा आक्रमण गर्न काङ्रेसबाट निर्णय गराउन ट्रम्पलाई रोकिन सक्छ । र, यसको मतलब यो होइन की सम्पूर्ण बन्देज लगाउन सकिने छ ।
कानुनी रूपमा राष्ट्रपति ट्रम्पसँग प्रशस्त आधार छन् । यसको मतलब यो होइन उनले जनमतलाई बे वास्ता गरुन् । अहिलेको यो निर्वाचनमा रिपब्लिकको हारको मूल कारण नै इरानमा भएको युद्ध हो । यस कारण उनी कानुनी बाटो भए पनि जनमत फिर्ता गर्नका लागि इरान माथिको आक्रमण रोक्ने सम्भावना कायम छ ।
राष्ट्रपति ट्रम्पले टेक्ससमा उनको दलले पराजयको सामना गरे पनि पुरानो योजनामा कुनै परिवर्तन नहुने कुरामा विश्वास व्यक्त गरे । निर्वाचन परिणामको बारे बोल्दा अमेरिकी राष्ट्रपति ट्रम्पले रुस र युक्रेन युद्ध अन्त्यको सम्भावना व्यक्त गरेका छन् ।





















