images
images
  • सुनसरीमा जनजीवन सहज बन्दै, सर्वपक्षीय छलफलमा सद्भाव कायम गर्ने प्रतिबद्धता

    काठमाडौं– गत आइतबार दुई समूहबीच झडप भएयता अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।

    सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलहरूको प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताए ।

    उनका अनुसार प्रभावित केही गाउँपालिकाले सर्वपक्षीय सद्भाव बैठक आयोजना गरी अवस्था सामान्य बनाउनका लागि भूमिका खेलेका छन् ।

    ‘विशेष गरी हरिनगर र भोक्राह नरसिंह गाउँपालिकाले आज सर्वपक्षीय सद्भाव बैठक आयोजना गरेका छन्, उक्त बैठकमा शान्ति तथा सुव्यवस्थामा खलल आउन नदिनका लागि सक्दो प्रयास गर्ने सहमति भएको छ,’ उनले भने ।

    प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार प्रशासनले आजै प्रभावित स्थानीय तहका प्रमुख र उपप्रमुखसँग र त्यसपछि विवादमा संलग्न दुवै पक्षबीच पनि जिल्लामा शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्ने विषयमा छलफल गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images