images
images
  • प्रधानमन्त्री बालेनलाई गगनको प्रश्न– ठालु भएर बस्ने ?

    काठमाडौं– सुनसरीको तनावपूर्ण अवस्थाबारे बुधबार सिंहदरबारमा रास्वपाको पहलमा सर्वदलीय बैठक बस्यो ।

    बैठकमा कांग्रेस सभापति गगन थापा र नेकपा संयोजक प्रचण्डले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार संकटका बेला निष्क्रिय बनेको भन्दै कडा आलोचना गरे ।

    गगन थापाले यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

    भन्दै सरकार केवल स्टाटस वा बल प्रयोगमा सीमित हुन नहुने बताए ।

    उनले सबै पक्षसँग समन्वय र संवाद आवश्यक रहेको उल्लेख गरे ।

    प्रचण्डले पनि बल प्रयोगबाट समस्या समाधान नहुने भन्दै सरकार र संसद् दुवैको प्रभावकारी भूमिका नदेखिएको टिप्पणी गरे ।

    घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न उनले माग गरे ।

    बैठकमा सहभागी दलहरूले सुनसरीलगायत प्रभावित क्षेत्रमा सतर्कता बढाउने र तल्लो तहसम्म सर्वदलीय पहल अघि बढाउने सहमति गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images