images
images
  • १० सचिव, ४५ सहसचिवसहित १८ सय दरबन्दी कटौती गर्दै बालेन सरकार, लोकसेवा बन्द गर्ने तयारी

    काठमाडौं– सरकारले संघीय कर्मचारी संरचना चुस्त बनाउने भन्दै करिब १,८०० दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।

    संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणका आधारमा १० सचिव र ४५ सहसचिवको पद घटाइने भएको हो ।

    संघ सरकार मातहत हाल १,८८५ निकायमा करिब ५२ हजार दरबन्दी रहेकामा साढे ३ प्रतिशत हाराहारी कटौती हुने देखिएको छ ।

    सबै मन्त्रालयमा सहसचिवको दरबन्दी घटाइँदै छ भने गृह मन्त्रालयअन्तर्गत ९ जिल्लामा अब सहसचिवस्तरका प्रमुख जिल्ला अधिकारी रहने छैनन् ।

    नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा भने ९० दरबन्दी स्वीकृत गरिएको छ, जसमा एक सचिव र तीन सहसचिव रहनेछन् ।

    स्वास्थ्य मन्त्रालयमा १७ दरबन्दी कटौती हुँदैछ भने अर्थ मन्त्रालयको केन्द्रीय संरचना यथावत राखेर मातहतका केही कार्यालयमा सहसचिव पद घटाइने भएको छ ।

    प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयको संयुक्त टोलीले मन्त्रालयगत संरचनालाई अन्तिम रूप दिइरहेको छ ।

    नयाँ दरबन्दी स्वीकृत भई राष्ट्रिय निजामती किताबखानामा दर्ता भएपछि संशोधित संरचना औपचारिक रूपमा लागू हुनेछ ।

    त्यतिञ्जेलसम्मका लागि सरकारले लोकसेवा आयोगबाट पदपूर्ति पूर्णरूपमा बन्द गर्ने तयारी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images