काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशनपछि बाँकी केन्द्रीय सदस्य र पदाधिकारी मनोनीत गर्ने तयारी गरेको छ ।
बुधबार बस्ने केन्द्रीय समिति बैठकले केही पदाधिकारी र सदस्य मनोनीत गर्ने सम्भावना छ ।
उपसभापतिमा गृहमन्त्री सुधन गुरुङको सम्भावना बलियो देखिएको छ ।
सभापति रवि लामिछाने उनलाई उपसभापति बनाउन सकारात्मक रहेको स्रोतको दाबी छ ।
गुरुङले रवि र बालेन शाहबीच समन्वयकारी भूमिका खेलेको र पदाधिकारीमा समावेशिता पनि सुनिश्चित हुने भएकाले उनको पक्षमा माहोल बनेको बताइएको छ ।
महामन्त्री पदमा भूपदेव शाह र सुदीप ढकालबीच प्रतिस्पर्धा देखिएको छ भने प्रवक्तामा प्रमोद न्यौपानेको सम्भावना बलियो रहेको छ ।
निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले सोही पदमा दोहोरिन अस्वीकार गरेकी छन् ।
रास्वपाले १५८ सदस्यीय केन्द्रीय समितिमा बाँकी ५१ सदस्य सभापतिको अधिकारबाट मनोनीत गर्न बाँकी रहेको छ ।






















