images
images
  • ओली–प्रचण्डको ३ बुँदे सत्ता सहमतिले एमाले र नेकपाभित्रै असन्तुष्टि

    काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको तीनबुँदे सत्ता सहमतिप्रति दुवै दलभित्र असन्तुष्टि बढेको छ ।

    विगतका कमजोरीको समीक्षा नगरी सत्ता भागबण्डामै केन्द्रित सहमति गरिएको भन्दै नेताहरूले आलोचना गरेका छन् ।

    नेकपाका सहसंयोजक माधवकुमार नेपाल नीतिगत सहमति र वाम एकताको स्पष्ट रोडम्यापबिनै हतारमा सम्झौता गरिएको भन्दै असन्तुष्ट देखिएका छन् ।

    नेपालनिकट नेताहरूबीच पनि सहमतिलाई लिएर मतभेद देखिएको छ ।

    उता एमालेभित्र पनि पार्टी रूपान्तरण र नेतृत्व हस्तान्तरणको पक्षमा रहेका नेताहरूले सहमतिमाथि प्रश्न उठाएका छन् ।

    उनीहरूले सत्ता साझेदारीभन्दा अघि पार्टी सुधार र विगतको समीक्षा आवश्यक रहेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images