images
images
  • प्रश्न सोध्ने नागरिकलाई रास्वपा सांसदको धम्की, भने– जाँक्दिन्छु अनि थाहा हुन्छ

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा प्रश्न उठाउने अस्पताल व्यवस्थापन समिति सदस्य धिरेन्द्र थापालाई आवेशमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ ।

    भिडियोमा सांसद खनालले औंला ठड्याउँदै कल्ले भन्यो ? प्रमाण छ ? हाल्छु, जाँक्दिन्छु समाएर अनि थाहा हुन्छ भनेको सुनिन्छ।

    थापाका अनुसार उनले अस्पतालमा शान्ति सुरक्षा र काम गर्ने वातावरण नभएको विषय उठाउँदै गृह मन्त्रालयको भूमिकाबारे प्रश्न गरेका थिए ।

    त्यसपछि सांसद खनाल आवेशमा आएर उक्त अभिव्यक्ति दिएका हुन् ।

    सांसद खनालसँग प्रतिक्रिया लिन खोजिए पनि उनी कार्यक्रममा व्यस्त रहेको भन्दै सचिवालयले पछि सम्पर्क गर्न आग्रह गरेको छ ।

    थापाले भने सार्वजनिक भएको भिडियो अस्पतालको समस्याबारे भएको छलफलको एक अंश मात्र भएको र आफूले जनताको गुनासो राख्दा यस्तो प्रतिक्रिया आएको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images