काठमाडौं– सांसदलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश विनोद शर्माको इजलासले सोमबार अन्तरिम आदेश नदिने निर्णय गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
सरकारले असार ३० गतेको मन्त्रिपरिषद् बैठकबाट सांसदलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो, जसको सूचना साउन ४ गते राजपत्रमा प्रकाशित भएको थियो ।
अधिवक्ता डा.प्रेमराज सिलवालले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्






















