images
images
  • महिनौसम्म रास्वपा केन्द्रीय समिति अधुरै, पदाधिकारी मनोनयनप्रति रवि–बालेन उदासिन

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन सम्पन्न भएको एक महिना बितिसक्दा पनि महाधिवेशनको औपचारिक समीक्षा र केन्द्रीय समिति बैठक बस्न नसकेको भन्दै पार्टीभित्रै प्रश्न उठ्न थालेको छ ।

    महाधिवेशनमा प्रतिनिधि व्यवस्थापन, विद्युतीय मतदान प्रणाली, पदाधिकारी निर्वाचन तथा कार्यतालिका कार्यान्वयनमा देखिएका कमजोरीबारे नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने माग नेताहरूले गरेका छन् ।

    प्रतिनिधिको टुंगो समयमै नलाग्दा बन्दसत्र प्रभावित भएको, मतदान प्रणालीमा ‘नो भोट’ व्यवस्था हटाइएको तथा अधिकांश प्रतिनिधि पदाधिकारी निर्वाचनअघि नै फर्किएको विषयलाई लिएर असन्तुष्टि बढेको छ ।

    यद्यपि, केन्द्रीय सदस्य समीक्षा बाँस्कोटाले अन्य राजनीतिक गतिविधिका कारण औपचारिक बैठक बस्न नसके पनि नेतृत्व तहमा आन्तरिक छलफल भइरहेको बताइन् ।

    निर्वाचन आयोगले भने महाधिवेशनबाट निर्वाचित पदाधिकारीको विवरण अद्यावधिक गरिसकेको जनाएको छ ।

    रास्वपाका नेता गणेश पराजुलीका अनुसार बाँकी मनोनयन प्रक्रिया पूरा गर्दै यही महिनाभित्र पूर्ण कार्यसमिति गठन गरिने र केन्द्रीय समिति बैठकबाट महाधिवेशनको विस्तृत समीक्षा गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images