images
images
  • सलमान खानको ‘मातृभूमि’को ट्रेलर ४ मिनेट ४३ सेकेन्ड लामो, कीर्तिमानको चर्चा

    काठमाडौं – बलिउड अभिनेता सलमान खान अभिनीत आगामी युद्धप्रधान चलचित्र ‘मातृभूमि स् मे वार रेस्ट इन पिस’ को ट्रेलर सार्वजनिक हुनुअघि नै यसको अवधिलाई लिएर चर्चा सुरु भएको छ ।

    भारतीय केन्द्रीय चलचित्र प्रमाणीकरण बोर्ड ९सीबीएफसी० बाट प्रमाणपत्र प्राप्त ट्रेलरको अवधि ४ मिनेट ४३ सेकेन्ड रहेको बताइएको छ । करिब पाँच मिनेट लामो ट्रेलर भारतीय चलचित्र उद्योगका लामो ट्रेलरमध्ये एक बन्ने देखिएको छ ।

    भारतीय सिनेमामा यसअघि पनि लामो अवधिका ट्रेलर सार्वजनिक भएका छन्। अजय देवगन अभिनीत ‘सिंघम अगेन’को ट्रेलर ४ मिनेट ५८ सेकेन्ड र ‘रामायण स् भाग १’को पहिलो ट्रेलर ४ मिनेट १५ सेकेन्ड लामो रहेको बताइएको छ ।

    सीबीएफसीले ‘मातृभूमि’को ट्रेलरलाई ‘यूए १६ प्लस’ श्रेणीको प्रमाणपत्र दिएको छ । यसको अर्थ १६ वर्षमुनिका दर्शकले अभिभावकीय मार्गदर्शनमा हेर्नुपर्ने हुन्छ ।

    सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा रहेको यो चलचित्र युद्धप्रधान कथावस्तुमा आधारित छ । चलचित्रको ट्रेलर यसै शुक्रबार मुम्बईमा विशेष कार्यक्रममार्फत सार्वजनिक गर्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि, निर्माण पक्षबाट कार्यक्रमको औपचारिक पुष्टि हुन बाँकी रहेको बताइएको छ ।

    यसअघि सलमान खानले चलचित्रको पहिलो झलकका रूपमा ‘तेरी सेक्सी ब्युटी’ शीर्षकको गीत सार्वजनिक गरेका थिए । गीतमा सलमान स्वयंको स्वर रहेको छ भने भिडियोमा चित्रांगदा सिंह पनि देखिएकी छन् ।

    लामो ट्रेलर, युद्धप्रधान कथावस्तु र सलमान खानको उपस्थितिका कारण चलचित्र प्रदर्शनअघि नै दर्शकमाझ चासो बढेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images