काठमाडौं– नेपाल रेडक्रस सोसाइटीका १० जिल्लामा एउटै व्यक्ति २० देखि ४९ वर्षसम्म निरन्तर जिल्ला सभापति पदमा रहेका छन् ।
सबैभन्दा लामो समय नेतृत्व गर्नेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन्, जो २०३४ सालदेखि निरन्तर सभापति छन् ।
संखुवासभाका सरोजकुमार बज्राचार्य र बाराका राजेन्द्रसिंह खड्काले २०३८ सालदेखि नेतृत्व सम्हालिरहेका छन् ।
यस्तै रसुवा, सप्तरी, मुस्ताङ, भोजपुर, सिरहा, कपिलवस्तु र दार्चुलाका सभापतिहरू पनि दुई दशकभन्दा बढी समयदेखि पदमा छन् ।
नवनियुक्त केन्द्रीय अध्यक्ष विशाल भण्डारीले संस्थामा पुस्तान्तरण र रूपान्तरणलाई प्राथमिकता दिँदै एकै व्यक्तिले लामो समय पद ओगटेर बस्ने प्रवृत्तिको अन्त्य गरिने बताएका छन् ।
रेडक्रसका अनुसार ३५ भन्दा बढी जिल्लामा जिल्ला सभापति १० वर्षभन्दा बढी समयदेखि निरन्तर नेतृत्वमा छन् ।

प्रतिक्रिया दिनुहोस्






















