काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले अन्तिम समयमा भारत भ्रमण स्थगित गरेका छन् ।
नयाँदिल्लीमा हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहे पनि उनी आइतबार पनि भारत नगएका हुन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार भ्रमण ‘आन्तरिक तथा प्राविधिक कारण’ले स्थगित गरिएको हो ।
यद्यपि, पार्टीभित्रको आन्तरिक विवाद र पछिल्लो राजनीतिक समीकरणलाई भ्रमण रोक्नुको प्रमुख कारणका रूपमा हेरिएको छ ।
भ्रमणको नयाँ मिति भने तय भएको छैन ।
प्रतिक्रिया दिनुहोस्






















