काठमाडौं– नेकपाका संयोजक पुष्पकमल दाहालले कम्युनिस्ट आन्दोलनलाई पुनः एकजुट गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
नेता नरबहादुर कर्मचार्याको १३औँ स्मृति दिवसमा शनिबार काठमाडौंमा बोल्दै उनले वर्तमान अवस्थामा कम्युनिस्ट आन्दोलन कमजोर भएको भन्दै पुष्पलाल र कर्मचार्याजस्ता नेताहरूको योगदान सम्झँदै आन्दोलनलाई पुनर्जीवित गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय स्वाधीनतामा परेको संकट समाधान गर्न, निरंकुश प्रवृत्तिको प्रतिकार गर्न र दृढ संकल्पका साथ अघि बढ्न उनले आग्रह गरे ।
कर्मचार्याले मजदुर आन्दोलन, वर्ग संघर्ष र क्रान्तिमा पु¥याएको योगदानको स्मरण गर्दै दाहालले केही वर्षको सक्रियता मात्र ठूलो नभई जीवनभर आफ्नो विचार र उद्देश्यप्रति अडिग रहनु कठिन भए पनि कर्मचार्याले त्यो गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्






















