images
images
  • कट्टर दुस्मन ओली–प्रचण्ड सत्ता लिप्साले फेरि नजिकिँदै, गगन बाइपास

    काठमाडौं– प्रदेश सरकार गठनका लागि नेकपा निर्णायक बनेको छ ।

    एमाले र नेकपाबीच सहकार्य अघि बढेको छ भने कांग्रेस भने तीन दल मिल्ने प्रस्तावमा सहमत नभएपछि एमाले–नेकपा वार्ता तीव्र भएको हो ।

    एमाले अध्यक्ष ओली, नेकपाका प्रचण्ड र माधव नेपालबीच भागबण्डा टुंग्याउने तयारी छ ।

    एमालेले कोशी, लुम्बिनी, गण्डकी र कर्णाली दाबी गर्दा नेकपाले सुदूरपश्चिम, कर्णाली र बागमती मागेको छ ।

    मधेशमा तीन दलबीच सहमति भइसकेको छ ।

    नेकपाले एमाले र कांग्रेस दुवैसँग छलफल जारी राखे पनि प्रचण्डले वाम एकतालाई प्राथमिकता दिएको स्पष्ट पारेका छन् ।

    उनले सरकार नचाहेको तर संविधानको गाँठो फुकाउन सहयोग गर्न तयार रहेको बताए ।

    कांग्रेस महामन्त्री घिमिरेले प्रदेशको अवस्था हेरेर छलफल अघि बढाइने बताए ।

    सुदूरपश्चिम र कर्णालीमा खटपट रहे पनि सम्भावना खोजिने उनको भनाइ छ ।

    तीन दल मिल्नुभन्दा दुई दलकै बहुमतले सरकार बनाउन सकिने र आवश्यक परे साना दलको साथ लिइने रणनीति कांग्रेसको छ ।

    केन्द्र र प्रदेशस्तरमा समानान्तर संवाद जारी राख्ने निष्कर्ष कांग्रेसको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images