काठमाडौं– धनगढीमा २४औँ अनशनरत डा.गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।
सुगरको मात्रा ५० मा झरेपछि उपचारका लागि अस्पताल लगिएको हो ।
चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारका माग राख्दै उनी तीन दिनदेखि अनशनमा छन् ।
उनैका कट्टर समर्थक रवि लामिछाने दुई पटक गृहमन्त्री भइसकेका छन् ।
अहिले सबैभन्दा ठूलो दल रास्वपा सभापति छन् ।
त्यस्तै अर्का समर्थक बालेन साह प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता छन् ।
तर, उनको सुनुवाइमा अहिलेसम्म कानसम्म फर्काएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्






















