images
images
  • ओली–प्रचण्ड पद जोगाउन पुनर्मिलनको खोजी : प्रदेश सत्ता गठनदेखि एमाले–नेकपा एकता गर्न सघनवार्ता

    काठमाडौं– जेनजी आन्दोलनपछि कमजोर बनेको जनाधार पुनः निर्माण गर्ने प्रयासस्वरूप प्रमुख वामपन्थी दलहरू सहकार्यको दिशामा अघि बढेका छन् ।

    श्रमिक, किसान, सुकुम्बासी र संविधान संरक्षणका एजेण्डालाई केन्द्रमा राख्दै उनीहरूले प्रदेश सरकार गठन, चुनावी तालमेल र दीर्घकालीन पार्टी एकतासम्मका विकल्पमा छलफल तीव्र बनाएका हुन् ।

    प्रदेश सरकारको नयाँ समीकरणसँगै एमाले र नेकपाबीच सातमध्ये पाँच प्रदेशमा संयुक्त सरकार बनाउने सम्भावनाबारे वार्ता भइरहेको स्रोतले जनाएको छ ।

    यद्यपि कोशी र कर्णाली प्रदेशको मुख्यमन्त्रीको भागबण्डा टुंगिन बाँकी छ ।

    नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले संविधानका उपलब्धि कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाउँदै सरकारविरुद्ध संयुक्त प्रतिरोध आवश्यक भएको बताएका छन् ।

    उता एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच विश्वासपात्र नेतामार्फत पटक–पटक संवाद भइरहेको बताइएको छ ।

    वाम नेताहरूले वर्तमान सरकारप्रति बढ्दो असन्तुष्टिलाई राजनीतिक अवसरका रूपमा विश्लेषण गर्दै मजदुर, किसान, विद्यार्थी, स्वरोजगार र प्रवासी नेपालीका मुद्दामा साझा अभियान चलाउने तयारी गरेका छन् ।

    पुष्पलाल स्मृति दिवसका अवसरमा दुवै दलका शीर्ष नेताले समेत वाम एकताको विकल्प नभएको सार्वजनिक सन्देश दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images