images
images
  • रवि–बालेन धम्कीले सर्वोच्चका वरिष्ठ ४ न्यायाधीश धरापमा, महाभियोगका लागि ६८ सांसदको हस्ताक्षर तयार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सर्वोच्च अदालतका चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको दाबी गरिएको छ ।

    उच्च स्रोतका अनुसार वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरि फुयाँल र नहकुल सुवेदीविरुद्ध ६८ सांसदको हस्ताक्षरसहित मस्यौदा तयार पारिएको बताइएको छ ।

    महान्यायाधिवक्तामार्फत तयार गरिएको भनिएको प्रस्तावमा निष्पक्षता र कार्यक्षमतामाथि प्रश्न उठाइएको छ ।

    यता, सर्वोच्चमा गोला प्रथा हटाउन न्याय प्रशासन ऐन संशोधनको तयारीसमेत भइरहेको स्रोतको दाबी छ ।

    एमनेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र आईसीजेले भने न्यायाधीशमाथि राजनीतिक दबाब र महाअभियोगको धम्कीले न्यायपालिकाको स्वतन्त्रता कमजोर हुने चेतावनी दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images