काठमाडौं– प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्ति दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार मुख्य सल्लाहकार कुमार बेन र राजनीतिक सल्लाहकार असिम शाहलाई मन्त्रीसरह तथा सुदीप ढकाल र विवेक मिश्रलाई राज्यमन्त्रीसरह सेवा–सुविधा दिइएको छ ।
यो विवरण नेपाली कांग्रेसकी सांसद सीता थपलिया (उर्मिला)ले संसदमा सोधेको लिखित प्रश्नको जवाफबाट सार्वजनिक भएको हो ।
तर सचिवालयको मासिक खर्च, प्रयोग हुने सरकारी गाडीको संख्या र राज्यकोषमा पर्ने भारबारे सोधिएका प्रश्नमा प्रधानमन्त्री कार्यालयले स्पष्ट जवाफ नदिएको भन्दै सांसद थपलियाले असन्तुष्टि जनाएकी छन् ।
प्रधानमन्त्री सचिवालयमा कानुनअनुसार अधिकतम ४८ जनासम्म राख्न सकिने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्






















