काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले महान्यायाधिवक्ता नारायण दत्त कँडेललाई हटाएर अधिवक्ता दीपेन्द्र झालाई नियुक्त गर्ने तयारी गरेका छन् ।
कँडेलको कार्यसम्पादन, योग्यता तथा बेलायती पीआर सम्बन्धी विवादका कारण सरकार नेतृत्व परिवर्तनको तयारीमा पुगेको स्रोतको दाबी छ ।
कडेलको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले सन् २०१५–२०२४ सम्मको नेपाल–बेलायत आवतजावतको अभिलेख मागिसकेको छ ।
रिट निवेदकले कडेलले अध्यागमनमा पटक–पटक ‘भिजिट पर्पोज’मा ‘पीआर’ उल्लेख गरेको दाबी गरेका छन् ।
सरकारले कडेललाई राजीनामा गराएर १० साउनपछि दीपेन्द्र झालाई महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी गरेको बताइएको छ ।
झाले नेपाल बार काउन्सिलबाट १० साउन २०६८ मा अधिवक्ताको लाइसेन्स लिएका कारण सोही मितिपछि मात्र १५ वर्षे अनुभवको संवैधानिक योग्यता पूरा हुन्छ ।
झा यसअघि मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता भइसकेका व्यक्ति हुन् ।
उनको नियुक्तिविरुद्ध परेको रिट उनले राजीनामा दिएपछि सर्वोच्च अदालतले प्रयोजन समाप्त भएको भन्दै खारेज गरेको थियो ।






















