images
images
  • रास्वपा सांसदको नातेदारलाई स्वकीयमा पूर्ण प्रतिबन्ध, खुला प्रतिस्पर्धाबाट मात्रै नियुक्ति

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना संघीय सांसदका स्वकीय सचिव नियुक्तिसम्बन्धी आन्तरिक निर्देशन जारी गर्दै एकाघरका सदस्य वा नजिकका नातेदारलाई नियुक्त गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

    पार्टीले राज्यकोषबाट उपलब्ध हुने सुविधाको पारदर्शी, मितव्ययी र जनउत्तरदायी उपयोग सुनिश्चित गर्न सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धाबाट मात्रै स्वकीय सचिव छनोट गर्नुपर्ने व्यवस्था गरेको छ ।

    उम्मेदवार कम्तीमा स्नातक उत्तीर्ण हुनुपर्ने, महिला, सीमान्तकृत तथा पछाडि पारिएका समुदायलाई प्राथमिकता दिइने र दोहोरो सुविधा लिने वा स्वार्थ बाझिने व्यक्ति नियुक्त गर्न नपाइने उल्लेख गरिएको छ ।

    रास्वपाले नियुक्तिपूर्व संसदीय दलको अनिवार्य स्वीकृति लिनुपर्ने, पारिश्रमिक सिधै सचिवको बैंक खातामा जम्मा गर्नुपर्ने, कार्यसम्पादनको नियमित मूल्याङ्कन गर्नुपर्ने तथा गोपनीयता उल्लङ्घन वा आर्थिक अनियमितता भए कडा कारबाही हुने व्यवस्था पनि गरेको छ ।

    साथै, स्वकीय सचिवका लागि सबै सांसदले एउटै साझा विज्ञापन ढाँचामार्फत सार्वजनिक आवेदन आह्वान गर्नुपर्ने निर्देशन जारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images