काठमाडौं– गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन (ओएन्डएम) सर्वेक्षणमार्फत प्रशासनिक पुनर्संरचना अघि बढाउँदै सहसचिवका करिब १२ दरबन्दी कटौती गर्ने तयारी गरेको छ ।
प्रस्तावअनुसार सहसचिव दरबन्दी रहेका ९ जिल्लामा अब उपसचिवलाई प्रमुख जिल्ला अधिकारी (सीडीओ) बनाइनेछ ।
यससँगै उपसचिवलाई नेतृत्वको अवसर बढ्ने भए पनि सहसचिवमा बढुवाको प्रतीक्षामा रहेका कर्मचारीलाई भने धक्का पुग्ने देखिएको छ ।
यस्तै, गृह मन्त्रालयका ६ महाशाखालाई घटाएर ४ मा सीमित गर्ने तयारी भइरहेको छ ।
कानुन तथा विपद्–द्वन्द्व व्यवस्थापन महाशाखा पुनर्गठन गर्ने प्रस्ताव पनि अन्तिम चरणमा छ ।
सरकारले समग्र प्रशासनिक सुधारअन्तर्गत १० सचिव, ३५ सहसचिव, ६५ उपसचिव, ७० शाखा अधिकृतसहित करिब ६ सय कर्मचारीको दरबन्दी कटौती गर्ने नीति अघि बढाएको छ ।
नयाँ संरचना स्वीकृत भएपछि कर्मचारीको आन्तरिक मिलान तथा फाजिल कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा व्यवस्थापन गर्ने तयारी गरिएको छ ।


विश्व खबर 
















