images
images
  • बालेन भारततर्फ झुकेपछि बेइजिङ जाने तयारीमा रवि

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी साउन अन्त्यतिर चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँचदिने चीन भ्रमणमा जाने तयारीमा छन् ।

    भ्रमणका क्रममा उनले चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

    भ्रमण पार्टी–टु–पार्टी सम्बन्ध विस्तार र नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यमा केन्द्रित रहने बताइएको छ ।

    टोलीमा कुनै सरकारी प्रतिनिधि सहभागी हुने छैनन् ।

    यसअघि प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले नयाँ दिल्लीमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरी प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण, द्विपक्षीय सम्बन्ध र छिमेक नीतिबारे छलफल गरेका थिए ।

    स्रोतका अनुसार प्रधानमन्त्री शाहको पहिलो औपचारिक विदेश भ्रमण भारतबाट सुरु गराउने विषयमा सकारात्मक समझदारी बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images