images
images
  • कसैलाई सुइँको नदिएर दिल्ली पुगे कुमार बेन, भारतीय सुरक्षा सल्लाहकारसँग गोप्य भेटवार्ता

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनले भारतको नयाँ दिल्लीमा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका छन् ।

    भेटमा प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण, दुई देशबीचको सम्बन्ध र सरकारको छिमेक नीतिबारे छलफल भएको स्रोतहरूले बताएका छन् ।

    प्रधानमन्त्री कार्यालय सम्बद्ध स्रोतका अनुसार सरकार गठनपछि पहिलो विदेश भ्रमण भारतबाट सुरु गराउने विषयमा दुवै पक्षबीच सकारात्मक समझदारी बनेको छ ।

    भ्रमणको मिति तय नभए पनि सेप्टेम्बरअघि नै प्रधानमन्त्री शाह भारत जाने तयारी भइरहेको जनाइएको छ ।

    कुमार बेनले भारतको विदेश मन्त्रालयका अधिकारीहरूसँग पनि भेट गरेका थिए ।

    दिल्लीबाट फर्किएपछि उनले प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेलाई छलफलबारे ब्रिफिङ गरेका छन् ।

    यसैबीच प्रधानमन्त्री शाहले काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवसँग पनि चाँडै भेट गर्ने तयारी रहेको बताइएको छ ।

    साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सम्भावित नेपाल भ्रमणबारे पनि दुवै देशबीच प्रारम्भिक चर्चा भइरहेको स्रोतहरूको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images