images
images
  • विपीलाई साक्षी राख्दै कांग्रेस फुटको उद्घोष, २९ गते नयाँ पार्टीको गठनको तयारीमा देउवापक्ष

    काठमाडौं– नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४औँ स्मृति दिवसकै अवसरमा कांग्रेसभित्रको आन्तरिक विवाद विभाजनतर्फ उन्मुख भएको संकेत देखिएको छ ।

    संस्थापन इतर समूहले छुट्टै कार्यक्रम गर्दै २९ साउनमा राष्ट्रिय भेला बोलाउने घोषणा गरेको छ ।

    इतर समूहले सभापति गगन थापामाथि एकताको वातावरण नबनाएको आरोप लगाउँदै अब नयाँ राजनीतिक यात्रा तय गर्ने संकेत दिएको छ ।

    केन्द्रीय कार्यसमिति समायोजन र पुरानै क्रियाशील सदस्यता कायम गर्ने माग अस्वीकार भएपछि सहमतिको सम्भावना समाप्त भएको उनीहरूको भनाइ छ ।

    पूर्णबहादुर खड्का, डा। शेखर कोइराला, डा.शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशशरण महत, विजय गच्छदारलगायत नेताहरूले पार्टी विभाजनको जिम्मेवारी सभापति थापाले लिनुपर्ने बताएका छन् ।

    उनीहरूले २९ साउनको राष्ट्रिय भेलाले नयाँ कार्यदिशा तय गर्ने बताएका छन् ।

    उता संस्थापन पक्षले भने विभाजनबारे औपचारिक प्रतिक्रिया दिएको छैन ।

    सभापति गगन थापाले बिहीबार आयोजना गरिएको कार्यक्रममार्फत समसामयिक विषय र पार्टीको अवस्थाबारे धारणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images