images
images
  • शंकर ग्रुपका अध्यक्ष व्यवसायी शंकर अग्रवाल पक्राउ

    काठमाडौं-व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई फेरि पक्राउ गरेको हो ।

    शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा फरार थिए । उनलाई अदालत बुझाउने तयारी भइरहेको सीआईबीका प्रमुख तथा एआईजी उमाप्रसाद चतुर्बेदीले जानकारी दिए ।

    अग्रवाल बैंकिङ कसुर सम्बन्धी मुद्दामा फरार थिए । अग्रवाल व्यावसायिक घराना शंकर ग्रुपका अध्यक्ष हुन् ।सीआईबीले अनुसन्धान गरेको कर्जा दुरुपयोग सम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन छ । सीआईबीले उनलाई उच्च अदालतमा उपस्थित गराउने भएको छ ।

    यसअघि उनी २०८२ चैतमा सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेर छुटेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images