जनकपुरधाम– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता, संविधान र संघीय व्यवस्थाको रक्षाका लागि परिवर्तन पक्षधर राजनीतिक शक्तिबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित नेकपा मधेस प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले मुलुक चुनौतीपूर्ण अवस्थामा रहेकाले १२ बुँदे समझदारीदेखि संविधान निर्माणसम्म सहकार्य गरेका दलहरूबीच पुनः साझा समझदारी आवश्यक रहेको उल्लेख गरे ।
उनले वामपन्थी शक्तिको एकता र एमालेसँग पनि सहकार्यका लागि प्रयास भइरहेको जानकारी दिए ।
प्रचण्डले मधेस प्रदेशलाई पार्टीको उच्च प्राथमिकतामा राखिएको बताउँदै आगामी मंसिरमा हुने महाधिवेशनबाट पार्टीका विभिन्न कमिटीमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने योजना रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्






















