images
images
  • संसद्‌मा प्रम बालेनभन्दा प्रचण्ड कम उपस्थित, रवि पनि जाँदैनन् प्रायः

    काठमाडौं– प्रतिनिधिसभाको हालसम्म बसेका ४१ वटा बैठकमध्ये प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) केवल ६ वटा बैठकमा सहभागी भएका छन् भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच वटा बैठकमा मात्रै उपस्थित भएका छन् ।

    यससँगै संसद्मा प्रचण्डको उपस्थिति प्रधानमन्त्रीभन्दा पनि कम देखिएको छ ।

    संघीय संसद् सचिवालयको अभिलेखअनुसार अधिकांश शीर्ष नेता र मन्त्रीहरूको संसद् उपस्थिति पनि सन्तोषजनक छैन ।

    रास्वपा सभापति रवि लामिछाने २१, प्रमुख प्रतिपक्षी नेता भीष्मराज आङदेम्बे ३५ र एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ २४ बैठकमा उपस्थित भएका छन् ।

    संसदीय अध्येता र पूर्वसांसदहरूले संसद्मा न्यून उपस्थितिलाई संसदीय उत्तरदायित्व कमजोर भएको संकेतका रूपमा व्याख्या गरेका छन् ।

    प्रतिनिधिसभा नियमावलीले प्रधानमन्त्री र मन्त्रीलाई सांसदका प्रश्नको जवाफ दिन तथा नियमित प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन अनिवार्य व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन ।

    विशेषज्ञहरूका अनुसार संसद् जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्था भएकाले प्रधानमन्त्री, मन्त्री र शीर्ष नेताहरूको नियमित उपस्थिति लोकतान्त्रिक उत्तरदायित्व र संसदीय संस्कृतिको महत्त्वपूर्ण आधार हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images