काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने बैठकमा सबै मन्त्रीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ ।
बैठकमा मन्त्रालयगत नियमित एजेन्डाका साथै केही महत्त्वपूर्ण नीतिगत तथा प्रशासनिक निर्णयहरूमा छलफल हुने तयारी गरिएको छ ।
बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत गरिएका प्रस्तावहरू, समसामयिक सरकारी गतिविधि तथा आवश्यक निर्णयहरू अनुमोदन गर्ने कार्यसूची रहने बताइएको छ ।
बैठकपछि भएका निर्णयबारे सरकारका तर्फबाट आजै औपचारिक जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्






















