images
images
  • परराष्ट्रमन्त्रीको खल्तीमा रहेको राजदूत कहिले हुन्छ छनोट र नियुक्ति ?

    काठमाडौं– खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

    परराष्ट्रमन्त्री शिशिर खनालले अर्को सातासम्म केही नाम सिफारिस गर्ने तयारी गरेका छन् ।

    १३ देशका रिक्त राजदूत पदका लागि परेको ४,४०० भन्दा बढी आवेदनमध्ये दोहोरिएका र अपूरा आवेदन हटाएर करिब २,७०० आवेदन छनोट गरिएको छ ।

    अन्तिम सूचीमा रहेका उम्मेदवारहरूको विवरण अध्ययन भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    अत्यधिक आवेदन, दूतावास बन्द गर्ने विषयको अन्योल र राजनीतिक छलफलका कारण प्रक्रिया केही ढिलो भएको भए पनि अब नियुक्ति प्रक्रिया छिट्टै टुंगिने अपेक्षा गरिएको छ ।

    हाल धेरै नेपाली दूतावास कार्यवाहक प्रमुखको भरमा सञ्चालन भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images