images
images
  • प्रस्तावित चार न्यायाधीशविरुद्ध १३ उजुरी, आज उजुरीकर्तासँग छलफल गर्दै सुनुवाइ समिति

    काठमाडौं – सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका चार जनाविरुद्ध संसदीय सुनुवाइ समितिमा १३ वटा उजुरी परेका छन् । समितिले ती उजुरीमाथि शुक्रबार उजुरीकर्ताहरूसँग छलफल गर्ने भएको छ ।

    समितिको बिहीबार बसेको बैठकमा प्रस्तावित न्यायाधीशहरू रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध प्राप्त उजुरी खोलिएको थियो । उजुरीमा उठाइएका विषय र आरोप अध्ययनका लागि समितिका सदस्यहरूलाई वितरण गरिएको छ ।

    उजुरीमा उल्लेख गरिएका विषयमाथि अध्ययन र छलफल गरेपछि प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइने समितिले जनाएको छ ।

    न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको थियो । संविधानअनुसार सर्वोच्च अदालतका न्यायाधीश नियुक्त हुनुअघि संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images