images
images
  • सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो

    काठमाडौं – स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५ हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ११० रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य भने प्रतितोला ३ हजार ८१० रुपैयाँ निर्धारण गरिएको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ र चाँदी ३ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images