images
images
  • जनवरी अगाडी नै इरान आक्रमणको जोखिम !

    काठमाडौं – अमेरिकामा हालै सम्पन्न मध्यावधि निर्वाचनमा डोनाल्ड ट्रम्पको रिपब्लिक पार्टीले पराजयको सामना गरेको छ । पराजय पछि अमेरिकी सत्ताले अन्य शक्ति राष्ट्रलाई हेर्ने आँखा कस्तो रहने भन्ने प्रश्न उठेको छ । अन्य देशले पनि अमेरिकालाई हेर्ने आँखा कस्तो भन्ने चासो सर्वत्र उठ्न थालेको छ ।

    यस पराजयको मतलब यो होइन की राष्ट्रपति ट्रम्प विदेश नितमा कुनै भूमिका नै रहँदैन । अहिले पनि विदेश नीति तय गर्ने काम राष्ट्रपति ट्रम्पकै हो । तर पनि, विपक्षीहरूले ट्रम्पलाई दबाब दिने कुरामा कुनै शङ्का रहन सकिँदैन ।

    मध्यपूर्व र अरब लगायत स्थानमा विपक्षीहरूले नयाँ नीति लिन दबाब दिने छन् । यी सबै भन्दा बढी असर गर्ने क्षेत्र इरान युद्ध हो । इरान युद्धको समयमा स्ट्रेट अफ हरमुज बन्द भएको कारण परेको असर र जनजीवनमा आएको समस्या यस समयमा प्रमुख विषय हुन् ।

    इरानका सर्वोच्च नेता मोजताबा खामेनीले इरानलाई हेर्ने र इरान प्रतिको व्यवहार सच्चैकै गल्ती भएको यस निर्वाचन परिणामले देखाएको प्रस्ट भएको बताएका छन् । बाबु अलि खामेनीको मृत्यु पछि इरानको राष्ट्र प्रमुख बनेका उनले हरमुजमा इरानले चालेको कदम पछि अमेरिकाले यसलाई धेरै ध्यान दिनु पर्ने बताए ।

    सन् १९७९ मा तेहरानमा रहेको अमेरिकी दूतावासमा भएको हमला र कब्जाको वर्ष गाँठ बनाउने क्रममा उनले सो कुरा बताएका छन् । इरानले यसलाई साम्राज्यवाद विरुद्धको अभियानको रूपमा यसलाई लिएका छन् ।

    अमेरिकामा ग्यासको मूल्य वृद्धि बढे पछि यसको कारण युद्ध नभएको बताएका छन् । उनले इरानमा सैन्य अभ्यास अमेरिकाले नगरेको दाबी गरी रहेका छन् ।
    खोमेनीले भने अर्को एक कार्यक्रममा अमेरिकीहरूले मतदान मार्फत ‘ नो टु वार–भन्न चाहेको पनि बताए ।

    खोमेनीका मुख्य सल्लाहकार मोहम्मद मोखबरले अमेरिकी निर्वाचनको मुख्य विजेता इरान भएको प्रतिक्रिया समेत दिए । क्विन्सी इन्स्टिच्युट अफ रेस्पोनसिबल स्टेट क्राफ्टका उप प्रमुख ट्रिटा पर्सीले यस परिणामले इरानमा छोटो समयका लागि व्यापक आक्रमण गर्ने नीति बन्न सक्ने बताए ।

    अहिले निर्वाचित भएकाहरू जनवरी काङ्ग्रेस प्रवेश गर्ने छन् । त्यस अघि नै अमेरिकाले इरानमा आक्रमण गर्न सक्ने सम्भावना प्रबल भएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images