images
images
  • चिसिँदै रवि-बालेन सम्बन्ध

    काठमाडौं– बिहीबार भरतपुर पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारप्रति घुमाउरो शैलीमा असन्तुष्टि पोखे । लामिछानेले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारकै भएको बताएर सरकारप्रति आफ्नो असन्तुष्टि रहेको भनाइ सार्वजनिक गरे ।

    यसभन्दा अघि उनले सरकारको हरेक निर्णयको बचाउ र प्रतिरक्षा गर्दै आएका थिए । सुरक्षा निकायको नेतृत्व फेरबदल संवेदनशील विषय भएकाले त्यसको आवश्यकता र कारण सरकारले स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो ।

    ‘कुनै पनि सरकारले काम गर्न आवश्यक पर्ने कदमहरू चाल्दा त्यसको औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ’, उनले भने, ‘सुरक्षा निकायसँग सम्बन्धित जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय भएकाले सरकारले निश्चित समयमा यसको औचित्य अवश्य पुष्टि गर्ला ।’

    सरकार र पार्टीको भूमिका फरक हुने उल्लेख गर्दै लामिछानेले सरकारका हरेक निर्णयमा पार्टीले समर्थन जनाउनैपर्ने अवस्था नरहेको बताए । सरकारका कामकारबाहीबारे प्रश्न उठाउने, आवश्यक स्पष्टता माग्ने र निगरानी गर्ने जिम्मेवारी पार्टीको रहेको उनको भनाइ छ ।

    ‘सरकारले गरेका सबै चिजलाई पार्टीले होमा हो मिलाउँदैन । पार्टीले गरेका हरेक चिजलाई सरकारले पनि होमा हो मिलाउँदैन,’ लामिछानेले भने । आवश्यक पर्दा पार्टीले सरकारका निर्णयमा फरक धारणा राख्न सक्ने उनले बताए ।

    आईजीपी फेरबदलको निर्णयलाई लिएर सरकार र रास्वपाका नेताहरूबाट फरक धारणा सार्वजनिक भएका छन् । पार्टीको निर्देशन र निर्णय प्रक्रियामा सहभागिताका विषयमा समेत प्रश्न उठिरहेका बेला सभापति लामिछानेले निर्णयको जवाफदेहिता सरकारमै रहने स्पष्ट पारेका हुन् ।

    सरकारको कार्यशैलीप्रति रविले सार्वजनिक असन्तुष्टि गर्नु र प्रधानमन्त्री बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफूहरूबीच विवाद रहेको संकेत गरेपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई चिन्तित देखिएका छन् । उनले सत्ताधारी दलमा देखिएको यस्तो विवाद र किचलो देश र लोकतन्त्रको निम्ति शुभसंकेत नभएको पनि बताएका छन् ।

    ‘नवोदित सत्ताधारी दलभित्र सरकार र पार्टीबीचको असमझदारी बढ्दै गएको कुरा सार्वजनिक रूपमा पोखिन थाल्नु देश र लोकतन्त्रको निम्ति शुभसंकेत होइन’, उनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन् ।

    बाबुरामले २००७ सालपछि कांग्रेसमा बीपी र मातृका समूह, पुनः कांग्रेसमा २०४७ पछि ७४ र ३६ (सांसद) समूह र २०५८ पछि गिरिजा र देउवा समूह, २०५२ पछि एमालेमा महाकाली सन्धि पक्षधर र विरोधी समूह, २०६४ पछि माओवादीमा संविधान बनाउने र जनविद्रोह गर्ने समूहबीचको अन्तर्संघर्ष र फुटले देश, लोकतन्त्र र जनतालाई नोक्सान भएको पनि उल्लेख गरेका छन् ।

    ‘जेनजी विद्रोहको जगमा बनेको युवा बाहुल्य पार्टी र सरकारले इतिहासका गल्ती नदोहो¥याओस् । बरू इतिहासबाट पाठ सिकेर नयाँ इतिहास निर्माण गरोस्’, उनले भनेका छन् ।

    कार्यशैलीप्रति रविले सार्वजनिक असन्तुष्टि गर्नु र प्रधानमन्त्री बालेन्द्रले सामाजिक सञ्जालमार्फत आफूहरूबीच विवाद रहेको संकेत गरेपछि बाबुराम चिन्तित देखिएका हुन् । उनले सत्ताधारी दलमा देखिएको यस्तो विवाद किचलो देश र लोकतन्त्रको निम्ति शुभसंकेत नभएको पनि बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images