images
images
  • कट्टर दुस्मन ओली–प्रचण्ड सत्ता हत्याउन एकै ठाउँमा

    काठमाडौं– दुई वर्षअघि सत्ता साझेदारी टुटेका एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश सरकार गठनका लागि फेरि नजिकिएका छन् ।

    कांग्रेस सर्वदलीय सरकारमा सहमत नभए एमाले–नेकपाबीच प्रदेशमा संयुक्त सरकार बनाउने समझदारी भएको स्रोतहरूको दाबी छ ।

    ओली–प्रचण्ड भेटपछि प्रदेशस्तरमा पनि सहकार्यबारे छलफल तीव्र बनेको छ ।

    बागमतीमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ भने सुदूरपश्चिम, कर्णाली, कोशीलगायत प्रदेशमा नयाँ सत्ता समीकरणको सम्भावना बढेको छ ।

    कांग्रेसको निर्णयअनुसार अन्तिम समीकरण तय हुने नेताहरूले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images