images
images
  • कांग्रेस न फुट्न सक्छ न मिल्न, गगन–देउवापक्षको अडानले पार्टी दुर्घटना उन्मुख

    काठमाडौं– वीपी कोइरालाको ४४औँ स्मृति दिवसको पूर्वसन्ध्यामा नेपाली कांग्रेस औपचारिक रूपमा एउटै दल भए पनि व्यवहारमा दुई धारमा विभाजित देखिएको छ ।

    सभापति गगन थापा नेतृत्वको संस्थापन पक्षले सानेपामा आधिकारिक कार्यक्रम आयोजना गर्दैछ भने शेरबहादुर देउवा समूहले छुट्टै राष्ट्रिय भेला गरेर आफ्नो राजनीतिक शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ ।

    विशेष महाधिवेशनपछि गहिरिएको आन्तरिक विवाद, १५औँ महाधिवेशनको तयारी र क्रियाशील सदस्यता विवादले कांग्रेसभित्र ध्रुवीकरण अझ तीव्र बनेको छ ।

    विश्लेषकहरूका अनुसार दुवै पक्षले बीपीको नाम लिए पनि उनको राजनीतिक विचार र संस्कृतिभन्दा नेतृत्व र शक्ति संघर्षलाई प्राथमिकता दिएका छन् ।

    यही आन्तरिक खिचातानीका कारण कांग्रेस राष्ट्रिय मुद्दामा प्रभावकारी प्रतिपक्ष बन्न नसकेको र पार्टी भावनात्मक रूपमा विभाजनको अवस्थामा पुगेको टिप्पणी पनि विश्लेषकहरूले गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images