images
images
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा तत्काल मन्त्री हेरफेर नहुने भएको छ ।

    रास्वपा नेतृत्वले अहिले मन्त्री परिवर्तन गर्दा नकारात्मक सन्देश जाने निष्कर्ष निकाल्दै हेरफेर स्थगित गरेको स्रोतहरूको दाबी छ ।

    यसअघि अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसहित पाँच मन्त्री परिवर्तनको चर्चा चले पनि सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहबीच तत्काल यथास्थितिमा सहमति भएको बताइएको छ ।

    यद्यपि पार्टीभित्रको असन्तुष्टि भने कायम छ ।

    मन्त्रीहरूको कार्यसम्पादन, केन्द्रीय सदस्य मनोनयन, पदाधिकारी चयन र पार्टी विधानका विषयमा बालेन समूह, जैविक रास्वपा तथा विवेकशील पृष्ठभूमिका नेताहरूबीच मतभेद देखिएको छ ।

    प्रधानमन्त्री शाह र अर्थमन्त्री वाग्लेबीच बजेट, कर नीति र आर्थिक निर्णयलाई लिएर दूरी बढेको चर्चा पनि छ ।

    पछिल्ला आर्थिक छलफलमा वाग्ले अनुपस्थित रहनु र सांसद विदुषी राणाको सक्रिय भूमिका बढ्नुले थप असन्तुष्टि बढाएको बताइन्छ ।

    यसैबीच सभापति लामिछानेले प्रधानमन्त्री र अर्थमन्त्रीबीच समन्वय बढाउने प्रयास थालेका छन् ।

    सरकारले ल्याएका कर नीतिबारे व्यापक जनगुनासो आए आवश्यक परे तत्काल संशोधन गर्न सकिने संकेत पनि उनले दिएका छन् ।

    रास्वपाभित्र अहिले खुला संघर्ष नभए पनि मन्त्री हेरफेर, शक्ति सन्तुलन र नेतृत्व प्रभावको प्रतिस्पर्धा ‘साइलेन्ट वार’ का रूपमा जारी रहेको नेताहरूको विश्लेषण छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images