images
images
  • रविको कित्ताबाट बालेन गुटमा लहसिएका भूपदेवलाई महामन्त्री बनाउने तयारी

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनको तयारी गरिरहेको बेला बालेन्द्र शाह (बालेन) समूहको कोटामा पर्ने महामन्त्री पदमा भूपदेव शाहको सम्भावना बलियो बनेको छ ।

    यसअघि भूपदेवप्रति बालेनको शंका रहेको चर्चा भए पनि त्यसबारे स्पष्टता आएसँगै अविश्वास हटेको बालेननिकट नेताहरूले बताएका छन् ।

    उनीहरूका अनुसार भूपदेवलाई पुनः महामन्त्री बनाउने विषयमा सकारात्मक छलफल भइरहेको छ ।

    प्रधानमन्त्रीका सुशासन सल्लाहकार तथा रास्वपा केन्द्रीय सदस्य सुदीप ढकालले पनि भूपदेवलाई नै महामन्त्री बनाउनु उपयुक्त हुने बताएका छन् ।

    उनका अनुसार भूपदेवले यसअघि पनि महामन्त्रीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गरेका थिए ।

    रास्वपा नेतृत्वले उपसभापति, महामन्त्री, प्रवक्ता र कोषाध्यक्षलगायत पदमा साउनको तेस्रो सातासम्म मनोनयन गर्ने तयारी गरेको छ ।

    अन्तिम निर्णय भने सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीचको छलफलपछि हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images