जनकपुरधाम– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङलाई स्वागत गर्न जानकी मन्दिर पुगेका उनका नेता तथा कार्यकर्तालाई हिन्दु सम्राट सेनाका कार्यकर्ताले लखेटेका छन् ।
साम्पाङ मंगलबार जनकपुरधाम आउने कार्यक्रम रहेकाले उनका समर्थक स्वागतका लागि मन्दिर पुगेका थिए ।
हिन्दु सम्राट सेनाले भने साम्पाङको विगतको गाईसम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उनलाई जनकपुरमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ ।
घटनापछि साम्पाङले सामाजिक सञ्जालमार्फत घटनाको विरोध गर्दै आफ्ना कार्यकर्तालाई संयमित रहन आग्रह गरेका छन् ।
उनले जनकपुरमा आफ्नो पार्टीको साधारण सभा तथा पार्टी प्रवेश कार्यक्रम तय भएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्






















