images
images
  • बालेनले चुच्चेनक्सा सिक्काबाट गायब गरेपछि भारतमा खुसीयाली

    काठमाडौं– सरकारले १ र २ रुपैयाँका नयाँ सिक्का निष्कासनका लागि स्वीकृति दिएपछि भारतीय सञ्चारमाध्यमहरूमा ‘नेपाल झुक्यो’ र ‘विवादित नक्सा हटाइयो’ भन्ने शीर्षकसहित व्यापक चर्चा भएको छ ।

    नेपाल राष्ट्र बैंकको प्रस्तावअनुसार मन्त्रिपरिषद्ले सिक्काको आकार, तौल, धातु र डिजाइन परिवर्तन गर्न स्वीकृति दिएको हो ।

    नयाँ डिजाइनमा १ रुपैयाँको सिक्कामा ‘चुच्चे नक्सा’को स्थानमा मुस्ताङस्थित ऐतिहासिक लो घ्यक्कर गुम्बा र २ रुपैयाँको सिक्कामा जानकी मन्दिर राखिनेछ ।

    आजतक, टाइम्स अफ इन्डिया र ईटीभी भारतलगायत भारतीय सञ्चारमाध्यमहरूले यसलाई सन् २०२० मा जारी गरिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साबाट नेपाल पछि हटेको संकेतका रूपमा व्याख्या गरेका छन् ।

    नेपालभित्र भने निर्णयको आलोचना भएको छ ।

    पूर्वमन्त्री भीम रावलले सिक्काबाट नेपालको नक्सा हटाइए राष्ट्रिय स्वाभिमानमाथि आघात हुने बताएका छन् ।

    यद्यपि, नेपाल राष्ट्र बैंकले भने यो सिक्काको लागत, धातु र डिजाइन सुधारसँग सम्बन्धित नियमित प्राविधिक प्रक्रिया मात्र भएको स्पष्ट पार्दै यसले नेपालको संवैधानिक नक्सा वा सीमासम्बन्धी दाबीमा कुनै असर नपर्ने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images