images
images
  • अर्थमन्त्री वाग्लेलाई प्रधानमन्त्री बनाउने रणनीतिमा रास्वपा, रवि गुटबीच बाक्लियो गोप्य भेटवार्ता

    काठमाडौं— प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र अर्थमन्त्री डा.स्वर्णिम वाग्लेबीच बजेट, कर नीति र सरकार सञ्चालनको शैलीलाई लिएर बढ्दो मतभेद राजनीतिक बहसको विषय बनेको छ ।

    यही पृष्ठभूमिमा रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री वाग्लेबीच काभ्रेको धुलिखेलमा भएको लामो भेटवार्ताले थप चर्चा पाएको छ ।

    स्रोतका अनुसार, भेटवार्तामा सरकारको भविष्य, प्रधानमन्त्री र अर्थमन्त्रीबीचको सम्बन्ध तथा समन्वयको अभावबारे छलफल भएको थियो ।

    बालेन पक्षले बजेट निर्माण, कर नीति र केही नियुक्तिका विषयमा अर्थमन्त्रीको कार्यशैलीप्रति असन्तुष्टि जनाएको बताइन्छ भने स्वर्णिमलाई भावी प्रधानमन्त्रीका रूपमा स्थापित हुन खोजेको आशंका पनि व्यक्त गरिएको छ ।

    रवि लामिछानेले अर्थमन्त्री वाग्लेलाई प्रधानमन्त्रीसँग समन्वय गर्दै अघि बढ्न सुझाव दिएका तथा सरकारलाई पाँच वर्ष सफल बनाउने प्रतिबद्धता दोहोर्‍याउन आग्रह गरेका स्रोतको दाबी छ ।

    वाग्लेले भने मन्त्रालयका केही निर्णय प्राविधिक प्रकृतिका भएकाले तत्काल निर्णय गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारेका थिए ।

    रविको मध्यस्थतापछि तत्कालका लागि विवाद साम्य हुने संकेत देखिए पनि बालेन–स्वर्णिमबीचको कार्यशैली र शक्ति सन्तुलनको तनाव आगामी दिनमा पुनः सतहमा आउने वा नआउने विषय राजनीतिक घटनाक्रमले तय गर्ने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images