images
images
  • प्रम बालेन उद्योगमन्त्री यादवलाई पक्राउ गराउन असफल भएपछि कुमार बेनमार्फत राजीनामा दिन दबाब

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवलाई पक्राउ गराउने प्रयास सफल नभएपछि राजीनामा दिन दबाब दिएको दाबी गरिएको छ ।

    स्रोतका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय र सूचना चुहिएको आशंकापछि प्रधानमन्त्रीले असार १६ गते राति प्रहरी महानिरीक्षकलाई मन्त्री यादवलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

    कानुनी जटिलताका कारण पक्राउ हुन नसकेपछि प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मन्त्री यादवसँग राजीनामा मागेका थिए ।

    तर, मन्त्री यादवले राजीनामा दिन तयार छु तर अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य घटाएर जनतालाई राहत दिएको कारणले राजीनामा मागिएको हो भन्ने कुरा पत्रमै उल्लेख गर्छु भन्दै सर्त राखेपछि विषय त्यत्तिकै रोकिएको बताइएको छ ।

    घटनापछि मन्त्री यादवले रास्वपा सभापति रवि लामिछानेसँग परामर्श गरेकी थिइन् ।

    त्यसपछि उनले राजीनामा नदिई नियमित रूपमा मन्त्रालयको कामकाज अघि बढाइरहेकी छन् ।

    स्रोतका अनुसार पछिल्ला दिनमा प्रधानमन्त्री सचिवालयको उद्योग मन्त्रालयमा हुने हस्तक्षेप पनि उल्लेखनीय रूपमा घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images