काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेबीच बजेट र कर नीतिलाई लिएर बढ्दो असन्तुष्टिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र तनाव सिर्जना गरेको छ ।
शिक्षा, स्वास्थ्य र विद्युतमा लगाइएको करप्रति प्रधानमन्त्री बालेन असन्तुष्ट रहेको र अर्थमन्त्रीको कार्यशैलीप्रति उनले पटकपटक असहमति जनाएको स्रोतहरूको दाबी छ ।
प्रधानमन्त्रीले निजी क्षेत्रसँगका महत्वपूर्ण बैठकहरूमा अर्थमन्त्रीलाई सहभागी नगराई अन्य नेताहरूलाई प्राथमिकता दिएपछि दुवै नेताबीच दूरी झन् बढेको बताइन्छ ।
यसैबीच अर्थमन्त्री वाग्लेले पार्टी सभापति रवि लामिछानेसँग भेट गरी विकसित अवस्थाबारे छलफल गरेका छन् ।
पार्टीभित्र बजेटप्रति सांसद र कार्यकर्ताको असन्तुष्टि बढिरहेका बेला सभापति लामिछानेले प्रधानमन्त्री र अर्थमन्त्रीबीचको विवाद समाधान गरी सरकार–पार्टी समन्वय बलियो बनाउने प्रयास थालेको र स्रोतहरूले जनाएका छन् ।






















