images
images
  • राष्ट्रिय, प्रदेश सभा र स्थानीय तहका ९५ पद रिक्त, उपनिर्वाचन कहिले ?

    काठमाडौं– राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी हाल ९५ जनप्रतिनिधिका पद रिक्त रहेका छन् ।

    निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभामा १, प्रदेश सभामा १९ र स्थानीय तहमा ७५ पद खाली छन् ।

    स्थानीय तहका रिक्त पदमा भने उपनिर्वाचन नहुने निश्चित भएको छ, किनकि कानुनअनुसार एक वर्षभन्दा कम कार्यकाल बाँकी रहेमा उपनिर्वाचन गरिँदैन ।

    त्यसैले काठमाडौं र भरतपुर महानगरपालिकाका प्रमुखसहित ७५ पद आगामी स्थानीय तह निर्वाचनसम्म रिक्त रहनेछन् ।

    प्रदेश सभाका १९ रिक्त पदमा भने कानुनअनुसार उपनिर्वाचन हुन सक्ने व्यवस्था भए पनि सरकारले हालसम्म मिति तोकेको छैन ।

    निर्वाचन आयोगले पनि नयाँ नेतृत्व आएपछि मात्र प्रक्रिया अघि बढ्ने जनाएको छ ।

    राष्ट्रिय सभामा नेपाली कांग्रेसका सदस्य बलदेव बोहोराको निधनपछि एक पद रिक्त रहेको छ भने राष्ट्रपतिबाट मनोनीत हुने अर्को पदसमेत अझै पूर्ति गरिएको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images