images
images
  • कांग्रेस देउवा पक्षले नयाँ पार्टी गठन गर्दै, राष्ट्रिय भेलाको तयारी

    काठमाडौं– नेपाली कांग्रेसभित्रको संस्थापन र इतर पक्षबीचको संवाद लगभग टुटेपछि पार्टी विभाजनको जोखिम बढेको छ ।

    इतर पक्षले ६ साउनमा छुट्टै रूपमा बीपी स्मृति दिवस मनाउने र साउन अन्त्यतिर राष्ट्रिय कार्यकर्ता भेला बोलाउने तयारी गरेको छ ।

    इतर पक्षका नेताहरूले अब पार्टीभित्र एकताको सम्भावना अत्यन्त न्यून रहेको निष्कर्ष निकालेका छन् ।

    प्रस्तावहरूको औपचारिक जवाफ नदिएको र संगठनात्मक माग बेवास्ता गरिएको भन्दै उनीहरू नयाँ राजनीतिक बाटो रोज्न सक्ने संकेत गरेका छन् ।

    उता संस्थापन पक्ष भने विधानअनुसार सदस्यता अद्यावधिक र १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउने अडानमा छ ।

    दुवै पक्षले एकताको पक्षमा सार्वजनिक अभिव्यक्ति दिए पनि आन्तरिक रूपमा छुट्टाछुट्टै तयारी गरिरहेका छन् ।

    यसैबीच, ६ साउनमा दुवै पक्षले अलग–अलग बीपी स्मृति दिवस मनाउने भएका छन् ।

    इतर पक्षले प्रज्ञा भवनमा शक्ति प्रदर्शनसहित ठूलो युवा सहभागिता गराउने तयारीसमेत गरेको छ ।

    राजनीतिक विश्लेषकहरूले राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ दल गठनको सम्भावना नकार्न नसकिने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images