images
images
  • यी कर्मचारीहरूलाई सरकारले गर्‍यो बिदाइ

    काठमाडौं– सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान वा निवृत्तिभरण (पेन्सन) लिइरहेका करार कर्मचारीलाई आजदेखि सेवाबाट बिदाइ गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णयअनुसार जारी गरेको परिपत्रमा यस्ता कर्मचारीलाई सेवा निरन्तरता नदिई सधन्यवाद विदाइ गर्न निर्देशन दिएको छ ।

    सरकारको अनुमानअनुसार करिब ४०० जना पेन्सनधारी करार कर्मचारी यस निर्णयबाट प्रभावित हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images