images
images
  • सुकुम्बासीमाथिको डोजर आतंकले लियो ९ जनाको ज्यान

    काठमाडौं– प्रतिनिधिसभामा प्रतिपक्षी सांसद गीता गुरुङले सरकारले पर्याप्त तयारीबिनै सुकुमबासी बस्ती हटाउँदा ९ जनाको ज्यान गएको दाबी गरेकी छन् ।

    बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकारको अव्यावहारिक नीति र जबर्जस्ती गरिएको बस्ती हटाउने अभियानका कारण १८ वर्षदेखि १८ महिनासम्मका नागरिकले ज्यान गुमाएको बताइन् ।

    सांसद गुरुङले घटनालाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै यसलाई राज्य संयन्त्रबाट भएको संस्थागत हत्या को संज्ञा दिँदै सरकारसँग जवाफदेहिता र जिम्मेवारीको माग गरिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images