images
images
  • १८ मन्त्रालयका कर्मचारी हटाएर रास्वपा कार्यकर्ता भर्ती गर्दै सरकार

    काठमाडौं– सरकारले करार सेवामा कार्यरत कर्मचारीलाई हटाएर आउटसोर्सिङमार्फत रास्वपा कार्यकर्ता भर्ना गर्ने तयारी गरेको छ ।

    १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले मंगलबार सिंहदरबारस्थित अर्थ मन्त्रालयअगाडि धर्ना दिएका छन् ।

    आन्दोलनरत कर्मचारीहरूले यस्तो निर्णयले लामो समयदेखि कार्यरत हजारौँ कर्मचारीको रोजगारी असुरक्षित हुने दाबी गरेका छन् ।

    यसर्थ उक्त निर्णय फिर्ता लिन, सेवाको सुनिश्चितता गर्न तथा आउटसोर्सिङ प्रणाली लागू गर्ने योजना रोक्न सरकारसँग माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images