काठमाडौं– सरकारले समाज कल्याण परिषदमा लोकसेवा आयोगको प्रक्रिया बिना नियुक्त भएका ४९ कर्मचारीलाई बर्खास्त गरेको छ ।
बर्खास्त हुनेमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजा विक्रमबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका भान्जी दीक्षा आचार्यसहित विभिन्न राजनीतिक पहुँचका आधारमा नियुक्त कर्मचारी रहेका छन् ।
परिषदको सञ्चालक समितिले असार १६ गते गरेको निर्णयअनुसार अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई हटाइएको हो ।
परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले निर्णय राजनीतिक आधारमा नभई संगठनात्मक सुधार (रिफर्म) को उद्देश्यले गरिएको बताए ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार प्रधानमन्त्री बालेन्द्र शाहको समन्वयमा परिषदको पुनःसंरचना गर्ने तयारीस्वरूप यो कदम चालिएको हो ।
सरकारले समाज कल्याण परिषद खारेज गरी नयाँ संरचना बनाउने गृहकार्यसमेत अघि बढाइरहेको जनाएको छ ।


विश्व खबर 

















