images
images
  • कर्मचारीमाथि प्रधानमन्त्री बालेनको छुरा, वरीयताक्रम मिचेर रास्वपा कार्यकर्तालाई मुख्यसचिवको चाबी

    काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

    वरीयताक्रममा पहिलो नम्बरमा रहेका किरणराज शर्मासहित वरिष्ठ सचिवहरूलाई पछि पार्दै कार्की मुख्यसचिव नियुक्त भएका हुन् ।

    प्रधानमन्त्री वालेन्द्र शाहको विशेष विश्वासका आधारमा उनलाई जिम्मेवारी दिइएको बताइएको छ ।

    प्रधानमन्त्री कार्यालयको सुशासन महाशाखाको नेतृत्व गरेका कार्कीले ‘सुशासन मार्गचित्र’ तथा सरकारको १०० दिने शासकीय सुधार कार्यसूची तयार पार्ने कामको नेतृत्व गरेका थिए ।

    मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकाशमा जाँदै छन् भने ५८ वर्षे उमेरहदका कारण कार्कीको कार्यकाल २०८५ पुस २५ सम्म रहनेछ ।

    त्यसै मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने, गेटा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने तथा शिक्षा, कारागार, मानव अधिकार र भ्रष्टाचार नियन्त्रणसम्बन्धी विभिन्न नियमावली र रणनीतिहरू पनि स्वीकृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images