काठमाडौं– सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने, गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।
त्यस्तै, विदेशी शैक्षिक कार्यक्रम सञ्चालन तथा नियमन नियमावली–२०८३, शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली–२०८३, कारागार नियमावली–२०८३, मानवअधिकारसम्बन्धी छैटौं कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीतिक योजना पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ ।


विश्व खबर 

















